सभामुख महरा कजाकस्तान प्रस्थान सभामुख महरा कजाकस्तान प्रस्थान


Trending news,Krishna Bahadur Mahara
२१

सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन आज कजाकस्तान प्रस्थान गर्नुभएको छ । छ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । यहीँ सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सांसद मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन रहनुभएको छ । कजाकस्तानको अस्तानामा हुने उक्त बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत वरुण चौधरी र प्रतिनिधिसभा सदस्य विनोद चौधरी पनि सहभागी हुनुहुनेछ । उक्त बैठकमा नेपालको तर्फबाट सभामुख महराले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिनुभयो ।




User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि