स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

चिनियाँ प्रधानमन्त्रीको तीन दिने रुस भ्रमण सम्पन्न

Xi Jinping - चिनियाँ राष्ट्रपति सी चिनफिङ - the times of nepal
सेयर गर्नुहोस

चिनियाँ प्रधानमन्त्री लि खछ्याङले रुसको तीनदिने औपचारिक भ्रमण गर्नुभएको छ ।
उहाँको तीन दिने रुस भ्रमण बुधबार सम्पन्न भएको हो । त्यस भ्रमणका क्रममा द्विपक्षीय सहयोग र समझ्दारीका विषयहरुलाई थप मजबुत बनाउने विषयमा सहमति भएको थियो ।

सो भेटका क्रममा उहाँले रुसी प्रधानमन्त्री दिमीत्री मेदभेदेभसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । त्यसैगरी उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिष्टाचार भेटगरी दुई देशको आपसी हितका विषयमा वार्ता गर्नुभएको थियो ।

चीन र रुसबीच सत्तरी वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यस यता यी दुई देशबीचको सम्बन्ध सदा सुमधुर रही आएको भन्दै आगामी दिनमा पनि आपसी सहयोग, समन्वय र साझेदारिताका माध्यमबाट अघि बढ्ने सहमति त्यस भ्रमणका अवसरमा भएको जानकारी चिनियाँ प्रधानमन्त्री खछ्याङले जानकारी दिनुभयो ।

दुई प्रधानमन्त्रीबीच सेन्ट पिटस्बर्गमा भएको वार्तामा लगानी र व्यापारका माध्यमबाट पनि दुई देश के कसरी अघि बढ्न सक्छन् भन्ने बारेमा छलफल भएको प्रधानमन्त्री खछ्याङ्ले जानकारी दिनुभयो ।
गएको करिब नौ वर्षदेखि चीन रुसको एक प्रमुख व्यापारिक साझेदार राष्ट्रका रुपमा रही आएको छ । यस वर्षको सुरुका आठ महिनामा यी दुई देशबीच ७० अर्ब अमेरिकी डलरभन्दा बढीको व्यापार आदानप्रदान भएको बताइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -