स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त

अमेरिका - USA - The Times of nepal
सेयर गर्नुहोस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्नुभएको छ ।

केहीदिन अगाडि तत्कालीन सुरक्षा सल्लाहकारलाई हटाएपछि खाली भएको ठाउँमा राष्ट्रपति ट्रम्पले रोबर्ट ओब्राएनलाई नियुक्त गर्नुभएको हो ।

“मैले रोबर्टसँग लामो समय कडा काम गरेको छु, आशा छ अहिले पनि उहाँले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नुुहुनेछ,” रोबर्टलाई नियुक्त गरेपछि ट्रम्पले ट्वीटरमा लेख्नुभएको छ ।

गत हप्ता ट्रम्पले तत्कालीन सुरक्षा सल्लाहकार जोन बोल्टनलाई जिम्मेबारीबाट हटाउनु भएको थियो ।

राष्ट्रपति ट्रम्पले अहिलेसम्म आफूले नियुक्त गरेका दर्जनभन्दा बढी पदाधिकारीहरूलाई बर्खास्त गर्नुभएको छ भने कतिपयले उहाँसँग काम गर्न नसकेको भन्दै राजीनामा दिएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -