स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

परिवर्तनलाई संस्थागत गर्न नेकपाले मात्र सक्छ

प्रवक्ता नारायणकाजी श्रेष्ठ - The Times Of Nepal - TON
सेयर गर्नुहोस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको परिवर्तनको रक्षा नेकपाले बाहेक अरूले गर्न नसक्ने बताउनुभएको छ ।
नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालका पिता स्व कुलप्रसाद दाहालको नवौँ दिनमा आज उहाँकै निवास भीमसेननगरमा नेकपा चितवनले आयोजना गरेको शोकसभामा प्रवक्ता श्रेष्ठले देशमा सङ्घीयता र गणतन्त्र कम्युनिष्ट आन्दोलनको बलमा आएको बताउनुभयो । यो परिवर्तनको रक्षा र समृद्धिको यात्रा कम्युनिष्टले बाहेक अरूले गर्न नसक्ने उहाँको भनाइ थियो ।

अहिलेको परिवर्तनलाई उल्टाउन केही शक्ति लागिपरिरहेको भन्दै उहाँले त्यस्ता सोच पूरा हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला शक्तिमा रहेर शासन गरेकाहरु शक्तिबाट च्यूत भएपछि फेरि शक्तिमा बस्न पाए हुन्थ्यो भन्दै चलखेल शुरु गरेका छन् तर कसैले चाहेर परिवर्तन उल्ँिटदैन ।” पार्टीभित्रको आन्तरिक विषयलाई आत्मसमीक्षा गर्दै सङ्घीयता कार्यान्वयनलाई केन्द्रविदुमा राखेर काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेकपाका पोलिटब्यूरो सदस्य अग्नि सापकोटाले कम्युनिष्टका मूल्यमान्यता डगमगाउने समयमा दाहालको निधनले फेरि एक ठाउँमा उभिएर सोच्न बाध्य बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्व दाहाल अध्यक्ष प्रचण्डका मात्रै गुरु नभएर सबैका गुरु हुनुहुन्थ्यो । उहाँको सम्मानका लागि देशलाई समृद्ध बनाउन आवश्यक छ ।” नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले बुबाको प्रेरणाका कारण देशमा आमूल परिवर्तनको नेतृत्व गर्न सकेको बताउनुभयो ।

अहिले परिवारको अभिभावक गुमेको भए पनि जनताको सद्भावले एक्लो महसुस नगरेको उहाँको भनाइ थियो । नेकपा प्रदेश सचिव आनन्द पोख्रेलले मुलुकलाई समृद्ध बनाउन सकेमा मात्रै स्व दाहालको सपना पूरा हुने बताउनुभयो । यसका लागि पार्टी दृढ सङ्कल्पका साथ अघि बढेको उहाँको भनाइ थियो । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्र, प्रदेश तथा जिल्ला तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । स्व कुलपसाद दाहालका चार छोरा एक छोरी हुनुहुन्छ । सबै नेकपाको राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -