जनताका काममा कन्जुस्याइँ नगर्न मुख्यमन्त्री भट्टको निर्देशन जनताका काममा कन्जुस्याइँ नगर्न मुख्यमन्त्री भट्टको निर्देशन



३२

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताका समस्या सामाधान गर्न कुनै कन्जुस्याइँ नगर्न निर्देशन दिनुभएको छ । नेपाल नगरपालिका सङ्घ प्रदेश समितिको प्रथम अधिवेशन उद्घाटनसभाको आज डडेल्धुरामा उद्घाटन गर्दै उहाँले जनताको लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त भएका तीन तहका सरकारमध्ये पनि स्थानीय तहनै जनताले ठूलो विश्वासका साथ निर्वाचित गराएकाले स्थानीयस्तरबाट प्रदान गरिने स्वास्थ्य, शिक्षालगायतका विकास निमार्णका काममा कुनै कमी प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिनुभएको छ ।

उहाँले नेपालको संविधानले दिएको तीन तहको सरकारको अवधारणलाई आत्मासात गरेर सङ्घ, प्रदेश र स्थानीय तहका सम्भावित विकासका योजनामा सझा पहलका रुपमा अगाढी बढ्न सुझाव दिनुभयो । उहाँले पटक÷पटक चर्चामा आहिरहने पश्चिमसेती जलविद्युत् आयोजना विभिन्न समस्याका कारण अलपत्र पर्ने गरेकाले अब प्रदेश सरकाले बनाउने लक्ष्यसहित अगाडि बढ्नुपर्ने बताउनुभयो ।




User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि