स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

मन्त्रीद्वारा रङ्गशाला निरीक्षण

सेयर गर्नुहोस

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरास्थित निर्माणाधीन फुटबल रङ्गशालाको आज निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले हालसम्म भएको कामको प्रगतीबारे जानकारी लिनुभयो ।

नेपालमा आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को महिला फुटबल प्रतियोगिता उक्त रङ्गशालामा सञ्चालन हुने भएकाले आगामी कात्तिक १५ गतेभित्र काम सम्पन्न गर्न मन्त्री विश्वकर्माले निर्माण कम्पनीका परियोजना प्रबन्धक दीपक बराललाई निर्देशन दिनुभयो ।

बजेटको अख्तियारी आउन ढिलाइ भए पनि सागका पूर्वाधार निर्माणमा बजेट अभाव हुन दिन्नाँै”, उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री विश्वकमाले विभिन्न खेलका सङ्घलाई समेत निर्माणको काममा सघाउन आग्रह गर्नुभयो ।

परियोजनाका प्रबन्धक बरालले हालसम्म रङ्गशालाको ४० प्रतिशत काम सम्पन्न भएको जानकारी गराउनुभयो । उहाँले १० हजार दर्शक अटाउने प्यारापिट तयार भइरहेको बताउनुभयो । अठार हजार ५०० दर्शक क्षमताको फुटबल रङ्गशाला रु एक अर्ब २८ करोड २२ लाखको लागतमा निर्माण भइरहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -