स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

पूर्वाधार सम्मेलनमा युवा उद्यमीको ‘आइडिया हण्ट’, कर्णालीमा यातायातदेखि चुरेमा स्याउ उत्पादनसम्म

सेयर गर्नुहोस

काठमाडौँ, २६ भदौ : कर्णाली प्रदेशमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनका लागि सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणामा लगानी आवश्यक हुने युवा उद्यमीले बताएका छन् । बुधबारदेखि काठमाडौँमा सञ्चालन भइरहेको ‘नेपाल पूर्वाधार सम्मेलन–२०१९’ अन्तर्गत आज आयोजना गरिएको ‘पूर्वाधार बजार’ सत्रमा युवा उद्यमी लगानीको सम्भावना र क्षेत्र औँल्याएका हुन् । युवा उद्यमीले विभिन्न पाँच वटा नवीनतम विधामा आफ्ना नमूना उद्यमशील अवधारणा (आइडिया हण्ट) प्रस्तुत गर्दै पिपिपीमा लगानी गर्न सकिने बताएका हुन् ।

कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्दै हेमन्त तिवारीले कर्णाली प्रदेशमा यातायात क्षेत्रमा लगानी गर्न आवश्यक भएको बताउनुभयो । उहाँले कर्णाली प्रदेशको समृद्धिका लागि सडक सञ्जाल विस्तार र यातायात सञ्चालनका लागि रु २४ अर्ब नौ करोड तत्काल लगानी गर्न सकिने उल्लेख गर्नुभयो । कर्णाली प्रदेशका १० जिल्ला र अन्य प्रदेशसँग जोडिने २० जिल्लाका अन्तर प्रादेशिक यातायात सञ्जालमा जोडिनका लागि पनि निजी क्षेत्रले लगानी गर्न सक्ने उहाँको सुझाव छ ।

‘दिगो पूर्वाधारका लागि कृषि र इञ्जिनीयरिङको संयोजन’ शीर्षकमा आफ्नो योजना प्रस्तुत गर्दै किशोर पौडेलले नेपालमा स्याउको बजार उल्लेख्य रहेको र यसले पर्यावरण संरक्षणमा सहयोग पु¥याउने हुँदा पूर्वाधार निर्माण पनि सुरक्षित हुने बताउनुभयो ।

नेपालको तराई तथा चुरे क्षेत्रमा स्याउ उत्पादनको प्रचुर सम्भावना रहेका भन्दै अहिले वार्षिक रु सात अर्बको स्याउ आयातलाई घटाउन र सस्तोमा स्याउ उपलब्ध गराउन यसले सघाउने उहाँको भनाइ छ । ‘बायो इञ्जिनीयरिङ’को रुपमा स्याउमा लगानी गर्न सकिने भन्दै उहाँले यस अध्ययनले विजनेश हाउस, किसान र कम आय स्रोत भएका व्यक्ति पनि लगानीका लागि आउन सक्ने बताउनुभयो ।

युनाइटेड वल्र्ड स्कूल नेपालका निर्देशक मञ्जितराज पाण्डेले निर्माण व्यवस्थापनमा उच्चस्तरको प्रविधिको प्रयोग नेपालमा कम भएकाले यो क्षेत्र पनि लगानीका लागि उपयुक्त हुने तर्क गर्नुभयो । प्रविधिको प्रयोगले ग्रामीण क्षेत्रमा निर्माणका काम र तथ्याङ्क संयोजनमा सहयोग पुग्ने उहाँले भनाइ थियो ।

स्मार्ट सेवाका संस्थापक यासिर फिरोजले ‘समय र पैसाको बचत’ शीर्षकमा योजना प्रस्तुत गर्नुभएको छ । प्रविधिको प्रयोग गरेर पूर्वाधार निर्माणलाई सहज बनाउन सकिने विचार उहाँले प्रस्तुत गर्नुभयो । उहाँले आफ्नो सेवा रियल स्टेट, हाउजिङ तथा अन्य निर्माणका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

‘द टीम आवास’की विधिमण्डलले नेपालका प्रमुख शहरहरुमा प्लाष्टिक खेर गइरहेको र त्यसलाई उपयोग गरेर ६० प्रतिशत प्लाष्टिक र ४० प्रतिशत बालुवा र अन्य मिश्रण प्रयोग गरी इँटा बनाउन सकिने योजना प्रस्तुत गर्नुभयो । उहाँले अहिले परीक्षणको रुपमा इँटा उत्पादन गरिसकेको भन्दै यसमा ८० जनाले रोजगारी पाइरहेको जानकारी दिनुभयो ।

‘टीम आगमन’की संस्थापक सोनिया अधिकारीले ठूला होटेल तथा सडक निर्माण गर्दा जमीन भासिने समस्या समधानका लागि नयाँ प्रविधिको प्रयोगका विषयमा योजना प्रस्तुत गर्नुभयो । उहाँले सिमेन्ट, ढुङ्गा प्रयोग गर्दा जमीनलाई थप भार पार्ने भएकाले केमिकल प्रयोग उपयुक्त हुने बताउनुभयो ।

‘स्मार्ट घर समूह’की श्रृष्टि अवालेले होम अटोमेशनको प्रयोगले दैनिकी निकै सहज हुने बताउनुभयो । उहाँले स्मार्ट घरले मोबाइल एपको विकास गरेकाले न्यूनतम रु ६० हजारको लगानीबाट यो सुविधा लिन सक्ने बताउनुभयो । यो एपको प्रयोगबाट घरको ढोका, झयालदेखि, आइरन, बत्ती, पानीको ट्याङ्की पनि बन्द गर्न बिर्सिएको भए पनि जुनसुकै स्थानबाट पनि बन्द गर्न मिल्ने उहाँको भनाइ छ ।

इनर्जी एक्सका सञ्जयराज भण्डारीले स्वच्छ इन्धनः स्वदेशी उत्पादनसम्बन्धी विषय प्रस्तुत गर्नुभयो । बायोग्यास उत्पादनका लागि सरकारले ४० प्रतिशत अनुदान दिएको ६० प्रतिशत निजी क्षेत्रमार्फत लगानी गरेर वैकल्पिक ऊर्जा उत्पादन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा युवा उद्यमीले विभिन्न विधामा पिपिपीलगायत अवधारणामा आधारित १० वटा प्रस्तुति दिएका थिए । प्रस्तुत अवधारणा (आइडिया हण्ट) मध्ये उत्कृष्ट तीनलाई नेपाल उद्योग परिसङ्घले पुरस्कृत गर्ने भएको छ । प्रथम हुनेले रु एक लाख ५० हजार, द्धितीयले रु एक लाख र तेस्रो हुनेले रु ५० हजार पाउने भएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -