‘नवजात शिशु सेवा’ कार्यक्रम शुरु

‘नवजात शिशु सेवा’ कार्यक्रम शुरु


‘नवजात शिशु सेवा’ कार्यक्रम शुरु

सुर्खेत, २६ भदौ : कर्णाली प्रदेश अस्पतालसहित मुलुकका आठ अस्पतालमा गुणस्तरीय नवजात शिशु सेवा कार्यक्रम शुरु भएको छ । प्रसूति सेवाको गुणस्तर सुधार गरी नवजात शिशु र आमाको जीवन बचाउन ‘ग्य्राण्ड च्यालेन्जेज क्यानडा’को सहयोगमा ‘गोल्डेन कम्युनिटी’ नामक संस्थाले उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमले नवजात शिशुको मुटुको धड्कन जाँचका लागि नियोबिट, भ्रुणको मुटुको धड्कनका लागि मोयो तथा सास फेर्न नसकेका नवजात शिशुलाई कृत्रिम श्वासप्रश्वास गराउन ब्याग–मास्क जस्ता उपकरण प्रयोग गरेर मातृ शिशु मृत्युदरमा कमी ल्याउने उद्देश्य लिएको छ । संस्थाले प्रदेश अस्पताललाई ती सबै उपकरण हस्तान्तरण गर्नुका साथै प्रसूति वार्डका कर्मचारीलाई यससम्बन्धी प्रशिक्षण पनि दिएको छ ।

Advertisement

गोल्डेन कम्युनिटीका कार्यक्रम प्रबन्धक रेजिना गुरुङले मुलुकका आठ अस्पतालमध्ये सबैभन्दा पहिले कर्णाली प्रदेश अस्पतालबाट सेवा शुरु गरिएको बताउनुभयो । उहाँका अनुसार कोशी अस्पताल, जनकपुर अस्पताल, भरतपुर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, सेती अस्पताल र डडेल्धुरा अस्पतालमा समेत सेवा शुरु हुँदैछ । प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा डम्बर खड्काले गुणस्तरीय नवजात शिशु सेवाको थालनीले कर्णालीको मातृ शिशु मृत्युदरमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । हाल कर्णालीमा वार्षिक शिशु मृत्युदर २९ रहेको छ ।

User Avatar
द टाइम्स अफ नेपाल
अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ । “परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL , thetimesofnepal.com

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?