स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

अर्बुद रोगपीडितलाई रु १२ लाख सहयोग

Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment.अक्षयकोष money, trending news, hot news, latest news
सेयर गर्नुहोस

कुश्मा नगरपालिका–४ का अर्बुद रोगपीडित मीनबहादुर परियारलाई झण्डै रु १२ लाख सहयोग हस्तान्तरण गरिएको छ । पीडित परियारको उपचारका लागि थालिएको सहयोग सङ्कलन अभियानबाट सङ्कलन भएको रु ११ लाख ७४ हजार मङ्गलबार हस्तान्तरण गरिएको हो ।

पत्रकार रामकृष्ण लामिछानेको सक्रियतामा सङ्कलन भएको रकम एकमुष्टरूपमा परियारलाई हस्तान्तरण गरिएको हो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले रकमको चेक पीडित परियारकै घरमा पुगेर हस्तान्तरण गर्नुभयो । रकम हस्तान्तरणपछि बोल्दै जोशीले मीनबहादुरको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । जोशीले पार्टीका लागि मरिमेटेर लाग्ने परियार अहिले विस्तारामा पल्टिँदा आफूलाई पीडावोध भएको बताउनुभयो ।

उक्त अभियानको शुरुआत गरेका पत्रकार लामिछानेले आफूले शुरु गरेको अभियानले मीन परियारको उपचारका लागि थोरै भए पनि राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । परियारका लागि आइतबार मात्रै तरुण दल पर्वतले रु दुई लाख ६६ हजार सहयोग गरेको थियो । परिवारका अनुसार अहिलेसम्म उपचारमा रु ५० लाखभन्दा बढी खर्च भइसकेको छ । साथै हाल साउदीअरबमा रहेका राबहादुर खवासमार्फत प्राप्त भएको रु ८५ हजार ६०५ पनि हस्तान्तरण गरिएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -