स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

विराटनगरमा १२ जनामा भेटियो डेङ्गु सङ्क्रमण

डेंगू - डेङ्गुको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण - Dengue virus - The Time of Nepal
सेयर गर्नुहोस

विराटनगरमा १२ जनामा डेङ्गु रोगको सङक्रमण भेटिएको छ ।

सङ्क्रमित सबै विराटनगरस्थित प्रादेशिक (कोशी) अस्पतालमा उपचार गराइरहेको चिकित्सक डा सङ्ज्ञा ज्ञावलीले बताउनुभयो । ती सबै सङ्क्रमित मोरङ र सुनसरीका छन् ।

डेङ्गुको संक्रमण बढेपछि विराटनगर महानगरपालिकाले यसको नियन्त्रणका लागि पहल थालिएको छ । डेङ्गु रोगको सङक्रमणविरुद्ध जनचेतना जगाउँदै डेङ्गुको सङक्रमण हुने स्थानको पहिचान गरी डेङ्गु सार्ने लामखुट्टे, त्यसका लार्भा र प्युपा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ

डेङ्गु ज्वरोको नियन्त्रणका लागि घरको सरसफाइ, घरवरिपरि पानी जम्न नदिने, खाल्डो पुरेर राख्ने, पानी जथाभावी जमाएर नराख्ने, बोतल वा फूलदानीमा पानी नराख्ने, घर अगाडि बाटोमा भएका टायर र ड्रमहरुमा पानी जम्न नदिने र आफूले थाहा पाएको सरसफाइसम्बन्धी जानकारी छिमेकीलाई दिएमा यसको नियन्त्रणमा सहयोग पुग्ने सुझाव डा ज्ञावलीको छ ।
अस्पतालमा आजसम्म डेङ्गु पहिचान गर्ने किटको भने अभाव नरहेको उहाँले जानकारी दिनुभयो । डेङ्गु रोगबाट बच्न दिउँसो हिँड्दा शरीर पूरा छोपिने, कपडा लगाएर हिँड्ने, सुत्केरी, बच्चा र सबैले झुलको प्रयोग गर्ने, धेरै मानिस आवतजावत हुने स्थानमा नजाने आदि सुझाव चिकित्सकले दिनुभएको छ ।

उच्च ज्वरो आउनु, शरीरका जोर्नीहरु दुख्नु, आँखाका गेडीहरु दुख्ने, शरीरमा रातो धब्बा देखिनु र वाकवाक लाग्ने भएमा डेङ्गुको सङ्क्रमण भएको भन्ने बुझनुपर्ने र यस्ता खाल्को लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर तत्कालै उपचार गराउनुपर्ने सल्लाह चिकित्सकको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -