स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

‘राष्ट्रियहितलाई सर्वोपरी राखी अघि बढ्नुपर्छ’

सेयर गर्नुहोस

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्रियहितलाई सर्वोपरी राखी हरेक नागरिक अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रेस सङ्गठनले सदरमुकाम मङ्गलसैनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले यो बेला अझै राष्ट्रियहित मजबूत हुने गरी काम गर्नुपर्ने बताउनुभयो ।

नेता रावलले विगतमा नेपाली काङ्ग्रेसले राष्ट्रियतामा आघातपर्ने थुप्रै काम गरेको आरोप लगाउँदै अब त्यस्ता काम निस्तेज गर्दै अघि बढ्नुपर्ने र यसमा आफूले आवाज उठाइरहेको जिकिर गर्नुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता रावलले पार्टी एकताको कामले छिटो पूर्णता पाउनुपर्ने र यसबाट पार्टी तथा सरकारका कामलाई सही ढङ्गले जनतासमक्ष लैजान सहयोग पुग्ने बताउनुभयो ।

पार्टी एकता जति ढिलो भयो त्यतिनै कार्यकर्तामा निराशा, पार्टीलाई नोक्सान र सरकारका राम्रा काम जनसमक्ष प्रस्तुत हुन नसक्ने उहाँले धारणा राख्नुभयो । स्थानीय तहदेखि सुशासन तथा पारदर्शीतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै नेता रावलले भ्रष्टाचार र अनियमिततालाई जरैदेखि उखेल्नुपर्ने बताउनुभयो ।

विगतदेखि नै आफूले अपरकर्णाली, पश्चिम सेती विद्युत् आयोजना निर्धारित समयमा सम्पन्न हुनुपर्ने माग राख्दै आएको नेता रावलले बताउनुभयो । उहाँले अपरकर्णाली जलविद्युत् आयोजना दुई÷दुई पटक म्याद थप्दा पनि प्रवद्र्धक कम्पनी जीएमआरले वित्तीय व्यवस्थापन गर्न नसकेकाले पटक–पटक राज्यले एउटा कम्पनीसँग परियोजना विकास सम्झौता विपरीत म्याद थप्न नहुनेमा जोड दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -