स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

शान्ति प्रक्रियालाई पूर्णता दिन ध्यान जानुपर्छ : मुख्यमन्त्री

province
सेयर गर्नुहोस

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शान्ति प्रक्रियालाई पूर्णता दिन सरकार र पार्टीको ध्यान जानुपर्नेमा जोड दिनुभएको छ ।

जनयुद्धका शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २०आँै स्मृति दिवसको अवसरमा नेकपा गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको स्मृति कार्यक्रममा उहाँले शान्ति प्रक्रियासँग सम्बन्धित कतिपय काम अझै बाँकी रहेको उल्लेख गर्नुभयो ।

दशवर्षे युद्धका क्रममा बेपत्ता भएका व्यक्तिका परिवार अझै पनि पीडामा रहेकाले बेपत्ता छानबिन आयोगमार्फत बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गरिनुपर्ने माग गर्नुभयो ।

गण्डकी प्रदेशमा विभिन्न चरणमा शहीद भएका र बेपत्ता भएकाको अवस्था खोजबिन गरेर यथार्थ सार्वजनिक गरिने र आश्रित परिवारका सदस्यका लागि शिक्षा र जीविकोपार्जनका कार्यक्रम ल्याइने मुख्यमन्त्री गुरुङले स्पष्ट पार्नुभयो ।

पार्टीका स्थायी कमिटी सदस्य एवं प्रदेश कमिटीका इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले देश, जनता र पार्टीप्रति इमान्दार भएर समाजवाद निर्माणको अभियानमा लाग्ने हो भने मात्र शहीदका सपना साकार हुने र उनीहरुप्रति सच्चा सम्मान हुने भएकाले त्यसतर्फ लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले शहीद वाग्ले सरल व्यक्तित्व, वैचारिक, राजनीतिक दृष्टिकोणले स्पष्ट र कुशल सङ्गठक भएको स्मरण गर्दै उहाँको हत्याले तत्कालीन नेकपा माओवादीलाई ठूलो क्षति पुगेको चर्चा गर्नुभयो ।

कार्यक्रममा शहीद पत्नी दुर्गा पहारी र बेपत्ताका परिवारकी तेजकुमारी पौडेलले शहीद तथा बेपत्ताका परिवारलाई पार्टीले बेवास्ता गर्न नहुनेमा जोड दिनुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -