स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

एसइईमा उत्कृष्ट ने विद्यालय पुरस्कृत

सेयर गर्नुहोस

चालिसौँ शिक्षा दिवसका अवसरमा आज प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयले विसं २०७६ को एसइई परीक्षामा उत्कृष्ट हुने विभिन्न विद्यालयलाई पुरस्कृत गरेको छ ।

मन्त्रालयले एसइईमा उत्कृष्ट तिजा ल्याउने प्रदेशका संस्थागत तथा सामुदायिक विद्यालयलाई नगदसहित प्रशंसापत्र प्रदान गरेको हो । सो अवसरमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट पाचौँ हुन सफल बलम्ब माध्यामिक विद्यालय, काठमाडौँ, चौथो हुन सफल पृथ्वीनारायण माध्यमिक विद्यालय काठमाडौँ, तृतीय हुन सफल ज्ञानोदय माध्यमिक विद्यालय काठमाडौँ, द्वितीय हुन सफल तरुण माध्यमिक विद्यालय बालाजु र प्रथम हुन सफल भक्तपुरको मेघा माध्यमिक विद्यालयलाई पुरस्कृत गरेको छ ।

उत्कृष्ट मध्ये पाँचौ र चौथोलाई रु २५÷२५ हजार, पहिलो, दोस्रो र तेस्रोलाई क्रमश, रु ६० हजार, रु ४५ हजार र रु ३० हजारसहित प्रशंसापत्र प्रदान गरिएको थियो । त्यस्तै संस्थागत विद्यालयतर्फ उत्कृष्ट हुने विद्यालयलाई पनि सोही अनुसारको नगदराशी र प्रशंसापत्र वितरण गरिएको थियो । संस्थागततर्फ भ्याली भ्यू इङ्लिस स्कुल नयाँबानेश्वर तृतीय, नेपाल प्रहरी स्कुल साँगा, भक्तपुर द्वितीय र रिलायन्स इन्टरनेशनल एकेडेमी कपन प्रथम भएका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -