सय विद्यालयमा डिजिटल साक्षरता शुभारम्भ

सय विद्यालयमा डिजिटल साक्षरता शुभारम्भ


२२ भदौ :प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सामुदायिक विद्यालयका लागि ‘डिजिटल साक्षरता’ अभियानको आज ल्यापटपको इन्टर दवाई शुभारम्भ गर्नुभएको छ ।

सामाजिक विकास मन्त्रालयद्वारा ५३ औँ अन्तर्राष्ट्रिय साक्षरता एवं ४०औँ शिक्षा दिवसका उपलक्ष्यमा एकसाथ प्रदेशका १०० विद्यालयमा साक्षरता अभियानको शुरुआत गरिएको छ । मोरङको बुढीगङ्गा गाउँपालिका–१ स्थित नरग्राम नमूना माध्यमिक विद्यालयको ७१औँ वार्षित्सव एवं अभिभावक दिवसका उपलक्ष्यमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले अभियानको शुरुआत गर्नुभएको हो ।

Advertisement

मन्त्रालयको रु दुई करोड, स्थानीय निकाय, इक्वालीट फाउडेशन अमेरिका, युनाइटेड बल्र्ड स्कूल र रोटरी क्लब इन्टरनेशनलको सहयोगमा अभियानको सञ्चालन गरिएको बताइएको छ । आगामी दिनमा प्रदेशका एक हजार २०० सामुदायिक विद्यालय डिजिटल साक्षरता अभियानमा आबद्ध गरिने भएको छ ।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएअनुरुप ‘डिजिटल प्रदेश’को सपनालाई अभियानले साकार पारेको बताउनुभयो । उहाँले सूचना प्रविधिको शिक्षाबाट मुलुकमा दक्ष जनशक्ति उत्पादन भई विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्षम हुनुका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराले सार्थकता पाउने धारणा व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा पहिलो पटक प्रदेश नं १ सरकारले शुरु गरेको अभियानले अन्य प्रदेशलाई समेत प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले प्रदेशलाई सूचना प्रविधिको केन्द्र वनाउने अभियानलाई सहयोग पु¥याउन आह्वान गर्दै स्वदेशमा नै विदेशीस्तरीय पाठ्यक्रमको अध्ययन गर्ने सुविधाले विदेशी मुद्राको बचत हुने बताउनुभयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी १० वर्षभित्र प्रदेशका सबै विद्यालयमा झोला र किताब विस्थापित गर्ने उल्लेख गर्दै सबै विद्यालयमा ई–शिक्षा सफल बनाउन सबैको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । सांसद अमनलाल मोदी, सामाजिक विकास समितिका सभापति सरिता खड्का र विद्यालयका प्रधानाध्यापक भिमबहादुर बस्नेत लगायतले नयाँ सोचले प्रदेशलाई ‘प्रविधि मैत्री’ बनाउन सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो ।

सोही अवसरमा शैक्षिक वर्ष २०७५ मा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रदेशका प्रत्येक जिल्लाका एक÷एक गरी १४ सामुदायिक विद्यालय, १४ सामुदायिक सिकाइ केन्द्र र १४ संस्थागत विद्यालयलाई नगदसहित सम्मान गरिएको थियो । सामुदायिक विद्यालय र सिकाइ केन्द्रलाई रु दुई लाख र संस्थागत विद्यालयलाई रु एक लाख प्रदान गरिएको थियो ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?