स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

सरकार तपाईहरुका पीडालाई कम गर्ने कार्यमा प्रतिबद्ध छ

Ishwar Pokhrel is a current secretariat member of the Communist Party of Nepal - the times of nepal
सेयर गर्नुहोस

२२ भदौ :उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक एकल महिला तथा घाइते परिवारको संरक्षणमा सरकार अविचलित र दृढ भएर उभिरहेको स्पष्ट पार्नुभएको छ ।

सैनिक एकल महिला तथा घाइते परिवार सङ्घको सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित राष्ट्रिय कार्यशालामा उहाँले सैनिक सङ्गठनसँग जोडिएका व्यवस्थित र विधिवतरुपमा आउने समस्यालाई सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकार तपाईहरुका पीडालाई कम गर्ने कार्यमा प्रतिबद्ध छ, समस्या समाधानसहित प्राथमिकता तोकेर आएको प्रस्ताव कार्यान्वयन गर्न मन्त्रालय तयार छ ।” सैनिक एकल महिला तथा घाइते परिवार सङ्घका संरक्षक लिली थापाले द्वन्दपीडितले न्याय पाएको महसुस नगरुन्जेल मुलुकमा संक्रमणकालको अन्त्य भएको मान्न नसकिने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “सैनिक एकल महिला तथा घाइते परिवारलाई सहयोग र राहत दिने सवालमा विगतको तुलनामा अहिले नीतिगत रुपमा फड्को मारेको अवस्था छ, यसअघि उपलब्ध हँुदै आएको जीवन निर्वाह भत्ता कटौती नगरियोस्, काठमाडाँै उपत्यकामा वीर सैनिकका गाथा समेटिएको सैनिक स्मारक बनाइयोस् ।”

सङ्घका अध्यक्ष शोभा विसी, सचिव वसन्त पोखरेल र प्रतिनिधि गुन्ज कार्कीले सैनिक एकल महिला तथा घाइतेको पुनःस्थापनाको व्यवस्था गर्न, सन्ततीको शिक्षाका लागि उपलब्ध हुँदै आएको रकम समयसापेक्ष तुल्याउन माग गर्नुभयो । देशमा भएको १० वर्षेद्वन्द्वको अन्त्यसँगै विसं २०६४ मा गठन भएको सङ्घमा मुलुकभर आठ हजारको सङ्ख्यामा सैनिक एकल महिला तथा घाइते आबद्ध रहेका सो अवसरमा जानकारी गराइएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -