स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

अफगानिस्तानमा बाह्र लडाकू मारिए

सेयर गर्नुहोस

मजार ए शारिफ, अफगानिस्तान, २१ भदौ : अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी थप १२ लडाकू मारिएका छन् ।

देशको उत्तरी बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् । उत्तर क्षेत्रीय सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले शनिबार दिएको जानकारी अनुसार मारिने सवै जना तालिबान लडाकू हुन् ।

अफगानिस्तानको सुरक्षा बलले चाम्ताल जिल्ला र त्यसको वरीपरी शुक्रबार विषेश सुरक्षा कारबाही अभियान चलाएको थियो ।

सो सुरक्षा कारबाही अभियानका क्रममा अरु १७ जना लडाकू घाइते भएको पनि सैन्य प्रवक्ता रेजाईले बताउनु भयो ।
उहाँले कारबाहीको शिलशिलामा सरकारी सुरक्षाकर्मी तर्फ कुनै क्षति नभएको दाबी पनि गर्नुभयो । घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेबारी लिएको छैन ।

तालिबान लडाकूहरुले पछिल्लो दश दिनमा उत्तरी क्षेत्रको बाल्ख, कुन्दुज, बाघ्लान र पश्चिमी क्षेत्रका केही ठाउँमा आफ्ना गतिविधिहरु बढाएका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -