स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

रुपन्देहीमा ६२ जनामा डेङ्गुको सङ्क्रमण

डेंगू - डेङ्गुको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण - Dengue virus - The Time of Nepal
सेयर गर्नुहोस

रुपन्देहीमा ६२ जनामा डेङ्गुुको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६२ जनामा डेङ्गुु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल हस्पिटल प्रालि, आम्दा अस्पताल, भीम अस्पताललगायतका अस्पतालमा आएका बिरामीको परिक्षणका क्रममा डेङ्गुुको सङ्क्रमण देखिएको हो । पछिल्लो दुईदिनमा डेङ्गुुका बिरामीको सङ्ख्या बढेको प्रमुख गिरीले बताउनुभयो । जसमध्ये ४२ जना उपचारपछि घर फर्किएका छन् । यो वर्ष भदौ महीनादेखि डेङ्गुुको सङ्क्रमण फैलिएको हो । विगतका वर्षहरुको तुलनामा सङ्क्रमण नफैलिए पनि लामखुट्टेको सङ्ख्या वृद्धि हुने समय अझै बाँकी रहेकाले भदौदेखि मङ्सिरसम्मको अवधिमा डेङ्गुुको सङ्क्रमण फैलिन सक्ने प्रमुख गिरीको भनाइ छ ।
स्थानीय तहहरुले वडास्तरबाटै सचेतामूलक कार्यक्रम सञ्चालन गरी डेङ्गुुको सङ्क्रमण घटाउनुपर्ने उहाँको भनाइ छ । डेङ्गुुको सङ्क्रमण नियन्त्रण नभए जनस्वास्थ्य कार्यालयमा डेङ्गुु परीक्षण कीट अभाव हुने जनस्वास्थ्य प्रमुख गिरीले बताउनुभयो ।” हामीसँग १०० वटामात्रै कीट छ । जिल्लाका दुई सरकारी अस्पताल भैरहवा भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा कीट उपलब्ध गराएका छौँ, बिरामी बढ्दै गए कीट अभाव हुनसक्छ ।” उहाँले भन्नुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालका शाखा अधिकृत विपीन क्षेत्रीले अस्पतालमा बिरामीको भीड रहे पनि डेङ्गुुका बिरामीलाई प्राथमिकता दिएर उपचार गरिरहेको बताउनुभयो । प्रदेशका अधिकांश जिल्लामा डेङ्गुुको सङ्क्रमण फैलिए पनि रुपन्देहीमा बढी देखिएको छ तर यसको नियन्त्रणका लागि खासै पहल भएको छैन । रुपन्देहीमा २०६७÷०६८ मा पहिलोपटक डेङ्गुुको बिरामी फेला परेका थिए र सोही वर्ष चार जनाको मृत्यु भएको थियो । त्यसयता ०७३÷०७४ मा दुई जना र ०७४÷७५ मा दुई जना गरी चार जनाको मृत्यु भएको थियो । यो आठ वर्षको अवधिमा रुपन्देहीमा करीब एक हजार ५०० मा डेङ्गुुको सङ्क्रमण देखिएको जनस्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -