कृषकले उत्पादन गरेको स्याउ यस वर्ष बारीबाटै ढुवानी गरिने

कृषकले उत्पादन गरेको स्याउ यस वर्ष बारीबाटै ढुवानी गरिने


१९ भदौ :कृषकले उत्पादन गरेको स्याउ यस वर्ष बारीबाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्यक्रमअनुसार स्याउको बजार प्रवद्र्धन गर्ने उद्देश्यले स्याउ बारीबाटै ढुवानी गरिने भएको हो ।

बारीबाटै स्याउ ढुवानी गर्न कृषि ज्ञान केन्द्रले भदौ १७ गते सूचना जारी गरेको छ । सहकारी, कृषि फार्म, कृषक समूह, उद्यमी कृषकलगायतलाई स्याउ ढुवानी गर्नका लागि प्रस्ताव पेश गर्न केन्द्रले आह्वान गरेको छ । स्याउ ढुवानीकर्ताले ६०० क्विन्टल स्याउ ढुवानी गर्नुपर्नेछ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको स्याउबारीदेखि पिलुचौरसम्म ४०० क्विन्टल र जगन्नाथ गाउँपालिकाको स्याउबारीदेखि पिलुचौरसम्म १३० क्विन्टल स्याउ ढुवानी गर्न प्रतिकिलो १८ रुपैयाँ ५० पैसा ढुवानी अनुदान दिइने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बताउनुभयो ।

Advertisement

यस्तै बूढीनन्दा नगरपालिकाको कोल्टीबजारदेखि सदरमुकाम मार्तडीसम्म २० क्विन्टल स्याउ ढुवानी गर्न प्रतिकिलो १८ रुपैयाँ ९० पैसा तथा बूढीनन्दा नगरपालिकाकै पाण्डुसेनको हिमाली स्कूलदेखि मार्तडीसम्म ५० क्विन्टल स्याउ ढुवानी गर्न प्रतिकिलो १३ रुपैयाँ ५ पैसामा ढुवानी अनुदान दिइने जैशी बताउनुहुन्छ । बूढीनन्दा नगरपालिका तथा स्वामीकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकामा यस वर्ष स्याउ उत्पादनमा वृद्धि भएको छ । ढुवानी समस्याका कारण कृषकलाई स्याउ बिक्री गर्न समस्या हुने गरेको छ । जिल्लामा २२० हेक्टरमा स्याउखेती हुने गरेको छ ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?