स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

काङ्ग्रेसले सात जिल्लाका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

Nepali Congress, NC
सेयर गर्नुहोस

नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश–३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

काङ्ग्रेसले आज एक विज्ञप्ति जारी गरी भदौ २० र २१ गते काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिन लागेको जानकारी दिएको हो ।

प्रदेश–३ को प्रशिक्षण कार्यक्रम दुई स्थानमा गर्ने यसअघिको निर्णयअनुसार भदौ २० र २१ गते भक्तपुरको बोडेमा सात जिल्लाको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिनुभयो ।

काङ्ग्रेसले सात जिल्लाको महाधिवेशन प्रतिनिधलाई भदौ २० गते विहान ८ देखि १० बजेसम्म नाम दर्ता गराउन अनुरोधसमेत गरेको छ ।

यस्तै, प्रदेश–३ को रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरुका लागि मकवानपुरमा पछि प्रशिक्षण दिने भएको छ ।

यसैगरी प्रदेश–१ को धनकुटा र मोरङ, प्रदेश–२ को जनकपुरधाम र वीरगञ्ज तथा सुदूरपश्चिमको कञ्चनपुरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने काङ्ग्रेसले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -