स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

दुई पत्रकार पुरस्कृत

सेयर गर्नुहोस

देवदास स्मृति पत्रकारिता पुरस्कारबाट दोलखाका दुई पत्रकारलाई नगदसहित पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासङ्घ शाखाका संस्थापक अध्यक्ष स्व देवदास श्रेष्ठको नाममा स्थापना गरिएको सो पुरस्कारबाट पत्रकार रमेश खतिवडा र निता राउत पुरस्कृत हुनुभएको हो ।

महासङ्घले आज देवदासको स्मृतिमा कार्यक्रम गरी जनही रु दश हजारसहित पुरस्कृत गरेको हो । सम्मानित हुुनेमा नागरिक दैनिकमा कार्यरत खतिवडा देवदास स्मृति पत्रकारिता पुरस्कार–२०७६ बाट र सौर्य दैनिकमा कार्यरत राउतलाई २०७५ बाट सम्मानित गरिएको हो । महासङ्घका संस्थापक अध्यक्ष श्रेष्ठको विसं २०६२ भदौ १६ गतेका दिन हृदयघात भई निधन भएको थियो । पुरस्कृत दुवै जनाले महासङ्घले निर्माण गर्न लागेको भवनका लागि हस्तान्तरण गर्नुभएको छ । लामाचौरमा सूचना केन्द्रसहित भवन निर्माण भइरहेको छ । सो रकम महासङ्घका अध्यक्ष जीवन लामालाई हस्तान्तरण गरिएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -