स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

माजिक रूपान्तरणका लागि महिला सशक्तीकरण आवश्यक

सेयर गर्नुहोस

१५ भदौ :प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रूपान्तरणका लागि महिला सशक्तीकरण आवश्यक रहेको बताउनुभएको छ ।

प्रदेश २ सरकारद्वारा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सिरहाको लहानस्थित लक्ष्मण ललिता कुशवाहा माविका छात्राहरुलाई आज एक कार्यक्रमबीच साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले समग्र विकासको मूल आधार नै महिला सशक्तीकरण रहेकाले छोरा जस्तै छोरीहरुलाई पनि उच्च शिक्षा दिनुपर्ने बताउनुभयो ।

अझै समाजमा छोरालाई पढाउने तर छोरीलाई काममा लगाउने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उहाँले छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्दै छोरीहरुको शिक्षामा पहुँच पु¥याउन ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा, साइकल वितरण जस्ता कार्यक्रमहरु सञ्चालन गरेको उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्र नभई रोजगारी दिने ‘ग्यारेन्टी’समेत गरेको बताउँदै उहाँले अब कुनै पनि बहानामा छोरीहरुमाथि भेदभाव हुन नदिने जिकिर गर्नुभयो । उहाँले शैक्षिकरूपमा पछाडि रहेको प्रदेश २ लाई शिक्षित प्रदेशका रूपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेकोले सो लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा मुख्यमन्त्री राउतले उक्त विद्यालयमा अध्ययनरत १०३ जना छात्रालाई साइकल हस्तान्तरण गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -