स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

अफगानिस्तानमा ३७ तालिवान लडाकू मारिए

सेयर गर्नुहोस

अफगानिस्तान, ९ भदौ : अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी कम्तीमा ३७ तालिवान लडाकू मारिएका छन् ।

देशको उत्तरी क्षेत्रमा पर्ने बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएका घटनामा उनीहरु मारिएको अधिकारीहरुले सोमबार जनाएका छन् ।

सेनाका क्षेत्रीय प्रवक्ता मोहम्मद हानिफ रेजाइले सुरक्षाकर्मीहरुको तर्फबाट हवाई तथा स्थलगत कारवाही अभियान चलाइएको थियो ।

चारबोलाक र शोल्गारा जिल्लामा आइतबारदेखि भएको आक्रमणमा परी अरु केही लडाकू घाइते पनि भएको जनाइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -