स्थायी राजधानी टुङ्गो लगाउन माग स्थायी राजधानी टुङ्गो लगाउन माग



३२

९ भदौ :प्रदेश नम्बर ३ को आज अपराह्न बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्ने प्रदेशसभाका सदस्यले स्थायी राजधानीको टुङ्गो लगाउन प्रदेश सरकारले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँहरुले गत साउनमा बाढीपहिरोबाट क्षति पु¥याएको लामो दुरीको सडक, खानेपानी मुहानको तत्काल निर्माण गरी जनतालाई यथासीघ्र सुविधा उपलब्ध गराउन प्रदेश सरकारले सम्बन्धित निकायलाई निर्देशन दिन माग गर्नुभयो । जनतालाई केन्द्रविन्दुमा राखेर आर्थिक समृद्धिको लागि कृषि, मत्स्यपालन र दूध उत्पादन क्षेत्रलाई प्रोत्साहन गर्ने प्याकेज कार्यक्रम ल्याउन र विपन्न कृषकको छनोटमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको थप गृहकार्य आवश्यक रहेको सदस्यहरुले धारणा व्यक्त गर्नुभयो ।



साथै सो बैठकमा प्रदेशमा सवारी यातायात संशोधन गर्न बनेकोे विधेयक २०७५, प्रदेशमा लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार गर्न बनेको विधेयक २०७६, प्रदेशमा सार्वजनिक, निजी, सहकारी साझेदारीसम्बन्धी व्यवस्था गर्न बनेको २०७६ र प्रदेशसभा सचिवालय व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि क्रमशः सैद्धान्तिक पक्षमा दफावार छलफल गरिएको थियो ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले क्रमश विधेयकको सैद्धान्तिक पक्षमा छलफलका लागि प्रस्ताव राख्नुभएको थियो । सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक मङ्गलबार बिहान ११ः०० बजे बस्ने जानकारी गराउनुभयो ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि