स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

दलहरुप्रति अविश्वास बढेकामा पौडेलको चिन्ता

नेता पौडेल - The Times Of Nepal
सेयर गर्नुहोस

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दलहरुप्रति जनताको आस्था र विश्वास कम हुन लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

नेपाल किसान सङ्घका केन्द्रीय सदस्य पूर्णकान्त पोख्रेलको १०औँ दिनको पुण्यतिथिका अवसरमा नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका–५ को आयोजनामा आज लक्ष्मीपुरमा आयोजित शोकसभामा नेता पौडेलले बलियो सरकार भएको समयमा पनि दलहरुप्रति अविश्वास बढ्नु दुःखद भएको बताउनुभयो । “बढ्दो राजनीतिक अविश्वासलाई अन्त्य गर्न सबै दल सजग हुनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

सरकारको काम कारवाहीका कारण जनतामा असन्तुष्टि देखा पर्न थालेको उहाँको आरोप थियो । वर्तमान सरकारको विकल्प काङ्ग्रेस भएको नेता पौडेलको भनाइ थियो । पोख्रेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उहाँले बताउनुभयो ।

काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले अग्रजहरुको योदानको कदर गर्दै पार्टीलाई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो । “आगामी निर्वाचनमा पहिलो शक्ति बनाउन लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, किसान सङ्घका केन्द्रीय अध्यक्ष भानु सिग्देल, चितवनका पूर्वसभापतिहरु टेकप्रसाद गुरुङ, कृष्णलाल सापकोटा, रेशमलाल कँडेल, पोख्रेलका भाइ करुणाकान्त पोख्रेल, विष्णुु रेग्मी लगायतले स्व पोख्रेलको योगदानको स्मरण गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -