स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

देउडा प्रतियोगिता शुरु :प्रतियोगिता चार दिनसम्म सञ्चालन हुने

सेयर गर्नुहोस

९ भदौ :सुदूरपश्चिम प्रदेशको प्रमुख चाड गौरा पर्वका अवसरमा आइतबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा महिला देउडा प्रतियोगिता शुरु भएको छ ।

यहाँबाट प्रसारित रेडियो महाकालीको आयोजनामा विगत चार वर्षदेखि हँुदै आएको हुक्काचिलिम महिला देउडा प्रतियोगितामा जिल्लाका यस पटक छ वटा महिला समूहले भाग लिएका छन् । प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ । रेडियो महाकालीबाट प्रसारण हुने हुक्काचिलिम कार्यक्रमकै नामबाट थालिएको देउडा प्रतियोगिताले यहाँको कला, संस्कृति र पहिरनको संरक्षणमा टेवा पुगेको हुक्काचिलिम कार्यक्रम प्रस्तोता ओमप्रकाश ओझाले बताउनुभयो ।

उहाँले प्रतियोगितामा वियजी टिमलाई नगदसहित सम्मान गरिने बताउनुभयो । गौरापर्वलाई मध्यनजर गर्दै यहाँको खुल्लामञ्जमा आयोजना गरिएको देउडा प्रतियोगितामा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको छ । देउडा खेलगौराको मुख्य आकर्षणका रुपमा रहेको बताउँदै ओझाले सुदूरपश्चिमको कला, संस्कृति जर्गेना गर्न सबैले हातेमालो गर्नुु आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी भीमदत्तनगरमै सिद्धनाथ मन्दिर विकास समिति र सुदूरपश्चिमलोक संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा महिला देउडा प्रतियोगिता शुरु भएको छ । सुदूरपश्चिमलोक संस्कृति संरक्षण समाजका अध्यक्ष डा टेकराज पन्तले अढाइ दशकदेखि आफूहरु देउडा र सुदूरपश्चिमको लोक संस्कृति संरक्षणमा जुटेको बताउनुभयो । “हामीले प्रतियोगिता गरेर लोप हुनै लागेको गौरापर्वलाई मलजल गरेका छौँ ।” उहाँले भन्नुभयो, “२०५२÷०५३ सालदेखि नै संस्कृति संरक्षणका कार्यक्रम गर्दै आएका छौँ ।”

समाजले आयोजना गरेको महिला देउडा प्रतियोगिता मङ्गलबारसम्म सञ्चालन हुने र विजयी टिमलाई पुरस्कृत गरिने पन्तले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -