स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

गाउँपालिका भवन शिलान्यास

सेयर गर्नुहोस

जिल्लाको जोरायल गाउँपालिकाले आफ्नै भवन निर्माणको कार्य थालनी गरेको छ । भवन नहुँदा जनताका कामकाज गर्नमा समस्या भएको भन्दै उक्त गाउँपालिकाले रु एक करोड एक लाखको लगानीमा १४ कोठे भवन निर्माण कार्य शुरु गरेको हो ।

जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले नयाँ निर्माण हुन लागेको भवनको आज एक कार्यक्रमका बीच शिलान्यास गर्नुभयो । उक्त भवनको निर्माण कार्य आउँदो वर्षको जेठ महीनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो आफ्नो भवन नहुँदा जनताका काम गर्नमा समस्या भएको थियो, अहिले आफ्नो भवन निर्माण गर्नतिर लागेका छौँ, सबैलाई सहज हुने छ ।” उक्त भवन भूकम्परहित र अपाङ्गमैत्री प्रविधिको बनाइने योजना रहेको गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले जानकारी दिनुभयो । भवन निर्माण कार्यको जिम्मा थामी निर्माण सेवाले लिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -