स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

लमजुङमा प्रथम क्यानोनिङ महोत्सव

सेयर गर्नुहोस

‘बेँसीशहरवासी सबै हर्ष २०२० पर्यटन वर्ष’ भन्ने मूल नारासाथ बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा प्रथम क्यानोनिङ आयोजना गरिएको छ । सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा वातावरण सुधार तथा विकास अभियान नामक संस्था र लमजुङ टेलिभिजले संयुक्तरूपमा सो महोत्सव आयोजना गरेका हुन् ।

महोत्सवको उद्घाटन गर्दै नगरप्रमुख गुमानसिंह अर्यालले पर्यटकीय क्षेत्र र झरना नगरभित्र धेरै रहेको र सोमध्ये यस गाईखुरे झरनालाई थप व्यवस्थित बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको बताउनुभयो । वडा नं १ का अध्यक्ष बलराम श्रेष्ठले महोत्सवले झरनाको प्रचार–प्रसारमा ठूलो मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो । महोत्सवमा शुक्रबार १२ जनाले क्यानोनिङ गरेका छन् ।

शुक्रबारदेखि शुरु दुई दिने महोत्सवमा आज करीब ३५ जनाले क्यानोनिङ गर्ने आयोजकले जनाएका छन् । क्यानोनिङ गर्नका लागि प्रतिव्यक्ति रु तीन हजार शुल्क लिएको आयोजकले जनाएको छ ।
–––

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -