स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने उपराष्ट्रपतिको विश्वास

उपराष्ट्रपति नन्दबहादुर पुन
सेयर गर्नुहोस

भदौ :उपराट्रपति नन्दबहादुर पुनले गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशलगायत अन्य क्षेत्रमा मनाइने गौरा पर्वको अवसरमा आज शुभकामना दिँदै उहाँले गौरा पर्व, देउडा संस्कृति सुदूरपश्चिम प्रदेशको मात्रै नभई नेपाल राष्ट्रकै पहिचान भएको बताउनुभएको छ ।

“सुन्दर सुदूरपश्चिम प्रदेशलाई गौरा पर्व र सो अवसरमा नाचिने देउडामा गाइने पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ, देउडाका माध्यमबाट महिलाले पोख्ने सुख–दुःख र सामाजिक विकृतिविरुद्ध गरिने व्यङ्ग्यजस्ता संस्कार, संस्कृतिले झनै सुन्दर बनाएको छ”, उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।

गहुँ, केराउ, गहत, मास र गुरौसको समिश्रणबाट बन्ने बिरुडा खाएर मनाइने गौरा पर्वले धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्त हुने, इष्ट र कुलदेवता खुशी हुनेजस्ता जनविश्वास रहिआएको उहाँले स्मरण गर्नुभएको छ ।

उपराष्ट्रपतिले गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशवासी र स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र राष्ट्रको निरन्तर समुन्नतिको कामनासमेत गर्नुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -