स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

सङ्घीय व्यवस्थाको अनुभूति गराऔं : मुख्यमन्त्री

सेयर गर्नुहोस

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यसम्पादनबाट जनतालाई सङ्घीय व्यवस्थाको अनुभूति हुने गरी कामअघि बढाउने बताउनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी लिएपश्चात पहिलोपटक आज भौतिक मन्त्रालय पुग्नुभएका मुख्यमन्त्री शाहीले जनतालाई केन्द्रमा राखेर काम गर्न सकिए मात्र सङ्घीयता कार्यान्वयन हुने जनाउनुभयो ।

उहाँले भौतिक मन्त्रालयका सचिव दानरत्न शाक्यसहित सम्पूर्ण कर्मचारीलाई तीन महीनाभित्रै निर्माणकार्य थालनी गर्ने गरी योजना कार्यान्वयन प्रक्रिया अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

भोलिदेखि नै बजेट कार्यान्वयनको तयारी शुरु गर्न निर्देशन दिँदै मुख्यमन्त्री शाहीले भन्नुभयो, “पहिलो महीनाभित्र सर्भे, ढाँचालागतको काम, दोस्रो महीना सार्वजनिक खरीद तथा बोलपत्रको कार्य र तेस्रो महीनादेखि निर्माण कार्यको काम अगाडि बढाउने गरी काम थालनी गर्नुस् ।”

योजना निर्माण तथा बजेट विनियोजनको कार्य सम्पन्न भएको महीनौं दिन बितिसक्दा पनि मन्त्रालयले कार्यान्वयनको प्रक्रिया शुरु नगरेकोप्रति आफनो ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । भौतिक पूर्वाधार विकास मन्त्रालयको गतवर्षको प्रगति निराशाजनक रहेको भन्दै उहाँले जनतालाई सङ्घीय व्यवस्थाको फाइदा अनुभूति हुनेगरी काम देखाउन कर्मचारीलाई सुझाउनुभयो ।

पहिलोपटक भौतिक पूर्वाधार विकास मन्त्रालय पुग्नुभएका मुख्यमन्त्री शाहीलाई प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारी, मन्त्रालयका सचिव दानरत्न शाक्य तथा मन्त्रालयका कर्मचारीले आज स्वागत गर्नुभएको थियो ।

रु एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी नक्कली झुटो, कीर्ते, बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको अदालतले ठहर गरी पक्राउ गर्न आदेश दिएपछि गएको साता मुख्यमन्त्री शाहीले साविकका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई बर्खास्त गरी सो मन्त्रालयको जिम्मेवारी आफैँले लिने निर्णय गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -