स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

स्व अधिकारीको अन्त्येष्टि

डायलसन अधिकारी
सेयर गर्नुहोस

खस्यौली, १ भदौ : रुपन्देहीका पत्रकार डायलसन अधिकारीको आज बुटवलस्थित त्रितोत्तमा अन्त्यष्टि गरिएको छ । उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन प्रदेश नं ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, प्रदेश सरकारका उद्योग, पर्यटन तथा वातावरणमन्त्री लिला गिरी, राजनीतिक दलका विभिन्न नेता, पत्रकार, उद्योगी, व्यवसायीलगायत ठूलो सङ्ख्यामा सहभागिता रहेको थियो ।

रेडियो नेपाल रुपन्देहीका स्थानीय सम्वाददाता अधिकारीको शनिबार बिहान विराटनगर जाने क्रममा सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साहास्थित पूर्वपश्चिम राजमार्गमा उहाँ चढेको गाडी दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको थियो । उहाँको शवलाई आज मात्रै तिलोत्तमा नगरपालिकाको निवासमा ल्याइएको थियो । उहाँ तिलोत्तमा नगरपालिकामा हुन लागेको लगानी सम्मेलनको प्रचारका लागि जानुभएको थियो । पत्रकार अधिकारीका एक श्रीमति, एक छोरा र छोरी छन् ।

यसैबीच प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले आज शोक विज्ञप्ति जारी गर्दै रुपन्देहीको पत्रकारितामा क्रियाशिल पत्रकार अधिकारीको सवारी दुर्घटनामा हुन गएको अकल्पनीय निधनले स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ । त्यसैगरी उहाँको पार्थिव शरीरमा नेपाल पत्रकार महासङ्का अध्यक्ष यानेन्द्र जिसी नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ का कार्यवाहक अध्यक्ष भरत केसी र नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य वसन्त गिरीले संयुक्त रुपमा महासङ्घको भण्डा ओढाउनुभयो ।

उक्त दुर्घटनामा तिलोत्तमा व्यापार सङ्घका अध्यक्ष जेपी कँडेल, तिलोत्तमा–१ का अध्यक्ष तामनाथ पाण्डे र वार्ड नं १४ का अध्यक्ष सोहन चोधरी तथा गाडी चालक रुपन्देही सियारी गाउपालीका–५ का अशोक भण्डारी घाइते हुनुभएको छ । घाइते सबैको काठमाडौँस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको नगरपालीकाका प्रेस संयोजक विपी गौतमले जानकारी दिनुभयो ।

पत्रकार अधिकारीको निधनप्रति दुःख व्यक्त

नेपाल पत्रकार महासङ्घले रुपन्देही शाखाका सदस्य डायलसन अधिकारीको सवारी दुर्घटनामा परी निधन भएको दुःखद खबरले स्तब्ध बनाएको जनाएको छ ।

महासङ्घले आज एक विज्ञप्तिमार्फत स्व अधिकारीप्रति श्रद्घाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्तिमार्फत दुःखद घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित समवेदना व्यक्त गर्नुभएको छ ।

कामको सिलसिलमा रुपन्देहीबाट विराटनगरतर्फ जाँदै गर्दा ४२ वर्षीय अधिकारी चढेको बा१६च २२३५ नंको जीप सप्तरीको कच्नरुप गाउँपालिकामा शनिबार दुर्घटना उहाँको निधन भएको थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थायी बासिन्दा पत्रकार अधिकारीका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

लामो समयदेखि रुपन्देहीमा पत्रकारिता गर्दै आउनुभएका पत्रकार अधिकारीले रेडियो नमस्तेको स्थापनाकालदेखि नै स्टेशन प्रमुखका रुपमा काम गर्नुभएको महासङ्घले जनाएको छ । पछिल्लो समय आफ्नै सक्रियतामा ई–लगन न्यूज डटकम सञ्चालन गर्दै आउनुभएका पत्रकार अधिकारी रेडियो नेपालको स्थानीय संवाददाता हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको महासङ्घले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -