‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रम शुभाराम्भ ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रम शुभाराम्भ



३३

कर्णाली प्रदेश सरकारले जनताका समस्या बुझ्न ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रमको शुभाराम्भ गरेको छ । एक कार्यक्रमका बीच आज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

‘मुख्यमन्त्रीसँग हाम्रा कुडा’ का लागि पैसा नलाग्ने नम्बर पनि सञ्चालनमा ल्याइएको छ । १०९६ नम्बरमा कर्णाली प्रदेश जुनसुकै नागरिकले मुख्यमन्त्री समक्ष आफ्ना गुनासा तथा जिज्ञासा राख्न पाउने भएका छन् । मुख्यमन्त्री शाहीले कुनै पनि योजनामा अनियमिता भएको भए आफूलाई सिधा खबर गर्न आग्रह गर्नुभएको छ ।



मुख्यमन्त्री शाहीले प्रदेश सरकार समृद्धिको बाटोमा लम्केकाले कर्णाली प्रदेशमा नागरिकको समस्या र जनताका सबै प्रकार समस्या बुझ्नका लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि