उत्पादित जनशक्ति विश्वभरका लागि क्षमतावान् उत्पादित जनशक्ति विश्वभरका लागि क्षमतावान्



३५

१ भदौ :प्रदेश नं– १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मनमोहन प्राविधि विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वभरि क्षमतावान भएर उभिनसक्ने बताउनुभएको छ ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम ‘मनमोहन प्राविधिक विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफल आज समाप्त भएपछि उठेका प्रश्नको जवाफको क्रममा उहाँले विश्वविद्यालयबाट आधारभूत, माध्यमिक र उच्च जनशक्ति उत्पादन हुने जानकारी दिँदै नेपालको संविधान २०७२ को क्षेत्राधिकारबाट नै यो विश्वविद्यालय स्थापना गर्न लागेको स्पष्ट पार्नुभयो ।

उहाँले सो विश्वविद्यालय राजनीतिक आग्रह वा पूर्वाग्रहबाट नभइ प्रचलित ऐन र कानूनबाट सञ्चालन हुने कुरामा विश्वस्त रहन सबैलाई आग्रह गर्नुभयो । भौत्तिक सम्पति र मानवीय संशोधनले भरिपूर्ण रहेको मनमोहन पोलिटेक्निक इन्स्टिच्युटलाई प्राविधिक विश्वविद्यालय बनाउन लागेकामा गर्वको अनुभूति भइरहेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री घिमिरेले विश्वविद्यालयलाई साझेदारीमा सञ्चालन गरिने बताउनुभयो । सो विधेयकमा सदस्य खिनु लाङ्बा लिम्बू, चुमनारायण तवदार, नवोदिता चौधरी, राजकुमार ओझा, वीणदेवी राई र सावित्राकुमारी रेग्मीले विश्वविद्यालयका विविध पक्षमा चर्चा गर्नुभएको थियो ।



विशेष समय सदस्य उषाकला राईले नेपालको संविधानको भावना र मर्मअनुसार सत्तापक्ष र प्रतिपक्ष चल्नुपर्ने भन्दै सबै प्रकारका विभेद्, भ्रष्टाचार र एकात्मक सोचलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । शून्य समय सदस्य अम्बिका थापाले डेङ्गु रोगको उपचार प्रदेश सरकारले निःशुल्क गरिने भने पनि पहिचानमै धेरै खर्च गर्नुपर्ने भएकाले यसतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य विन्दिया कार्कीले इन्धनको भण्डारणको क्षमता बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभाको अर्को बैठक यही भदौ २ गते दिउँसो १ः०० बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि