स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्री पौडेलद्वारा कृषिउद्यम अवलोकन

सेयर गर्नुहोस

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढी गाउँपालिका तथा हेटौँडाका विभिन्न कृषिउद्यमको अनुगमन तथा अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले स्थानीय किसानसँग छलफलसमेत गर्नुभयो ।

मुख्यमन्त्रीसमक्ष किसानले आफूले भोग्दै आएका समस्या सुनाएका थिए । जवाफमा मुख्यमन्त्री पौडेलले किसानका तमाम समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको धारणा राख्नुभयो । अवलोकनपछि मुख्यमन्त्री पौडेलले मकवानपुरगढी गाउँपालिकाले आधुनिक कृषि प्रणाली अवलम्बन गरेर समृद्धिको मार्ग लिएको धारणा राख्नुभयो ।

किसानले लगाएको विभिन्न प्रजातिको घाँस, गाईपालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले गढी गाउँपालिका आफूले विगतमा देखेको र हाल सोचेकोभन्दा निक्कै नै समृद्ध पाएको बताउनुभयो । अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले मकवानपुरगढी–३ मा रहेको दाहाल कृषि तथा पशुपालन फारम, सोही वडाको सुजल गाई फार्म, देवीडाँडा गाई फार्म, मनकामना दुग्ध उत्पादक सहकारी संस्था तथा हेटौँडा–६ मा रहेको मञ्जुश्री आधुनिक फूल एवं तरकारीखेतीमा पुग्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -