हाम्रो समाजवाद कम्युनिष्टहरुले भनेजस्तो हँुदैन

हाम्रो समाजवाद कम्युनिष्टहरुले भनेजस्तो हँुदैन


Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment.,,Former prime minister, Dr. Baburam Bhattarai

३२, साउन :समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पार्टीले देखेको समाजबाद कम्युनिष्टहरुले भने जस्तो नहुने बताउनु भएको छ । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपाल बिचको शनिबार यहाँ आयोजित जिल्ला एकता घोषणा सभामा उहाँले सो कुरा बताउनु भएको हो ।
‘हाम्रो समाजबाद पुँजीबादको टिको मात्र लगाउने खालको प्रजातान्त्रिक समाजबाद पनि होइन, उहाँले भन्नुभयो, ‘कम्युनिष्टहरुले भनेको जस्तो साम्यबादको खुड्किलो जस्तो समाजबाद पनि होइन ।’ अध्यक्ष डा भट्टराईले समाजबादी पार्टीले ल्याउने समाजबाद सर्वहारा बर्गको अधिनायकत्वको हुने खालको समाजबाद नभई फरक पहिचान हुने बताउनुभयो ।
उहाँले फरक पहिचान र चिन्तन सहितको समाजबाद निर्माणको बाटोमा पार्टी अघि बढेको उल्लेख गर्दै व्यक्तिगत पहिचान तथा सामुहिकता सहितको समाजबाद नै पार्टीको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
उहाँले बिचारलाई कार्यान्वयन गर्ने आधार संधीयता हो भन्दै यसले मात्र सवै बर्ग, क्षेत्र, लिङग् तथा उत्पीडित समुदायको पहिचान दिलाउने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका सांसद डा. भट्टराईले उत्पादन बृद्धिलाई जोड नदिएसम्म सुशासन कायम हुन नसक्ने विचार राख्नुभयो । उत्पादनमा बृद्धि भएमात्र सबै जनताको आर्थिक परिवर्तन हुनसक्ने भन्दै जो छ त्यहि मात्र बाँडीचुडी खाने हो भने कहिल्यै आर्थिक सम्बृद्धि हुन नसक्ने उहाँको भनाई छ ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?