एक हजार चार सय उद्योग दर्ता एक हजार चार सय उद्योग दर्ता


Udyōga - उद्योग - the times of nepal
२८

लहान, ३२ साउन : सरकारले सहुलियत र बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गर्ने क्रम ह्वातै बढेको छ । जिल्लामा आर्थिक वर्ष २०७५÷७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग दर्ता भएको छ ।

दर्ता गरिएका मध्ये ५५८ कृषिजन्य उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिनुभयो । कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग ४०२, पशुपालनका ७८ तथा कुखुरापालनका ६४ नयाँ उद्योग दर्ता भएको छ । आव २०७५÷७६ मा उत्पादनमूलक उद्योग १९१, सेवामूलक उद्योग ७४० तथा कृषि तथा वनजन्य ५५८ उद्योग दर्ता भएको छ । उक्त सङ्ख्या आव २०७४÷७५ मा दर्ता भएको भन्दा दोब्बर बढी हो । आव २०७४÷७५ मा जिल्लामा ८४२ नयाँ उद्योग दर्ता भएको थियो । जिल्लामा उत्पादन उद्योग एक हजार २७९, कृषि तथा वनजन्य उद्योग एक हजार ५८ र सेवा उद्योग तीन हजार १०३ रहेको छ । नयाँ उद्योग दर्ताबाट रु ७५ लाख ८६ हजार राजश्व सङ्कलन भएको यादवले बताउनुभयो ।



छपन्न विद्यालयमा सुरक्षा योजना

दशरथचन्द नगरपालिकाका ५६ सामुदायिक विद्यालयमा विद्यालय सुरक्षा योजना बनाइएको छ । विभिन्न विपद्बाट बालबालिका बढी प्रभावित हुने भएकाले विद्यालय सुरक्षा योजना अघि बढाइएको हो ।

बृहत् विद्यालय सुरक्षा कार्यान्वयन कार्यविधि, २०७५ अनुसार सबै सामुदायिक विद्यालयमा योजना बनाइएको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिनुभयो । “यसबाट विपद्बाट बच्नका लागि सहयोग पुग्छ”, उहाँले भन्नुभयो । युनिसेफ नेपालको सहयोगमा भुमेश्वर सामुदायिक विकास सङ्घले दशरथचन्द नगरपालिकाको समन्वयमा सामुदायिक विद्यालयमा उक्त योजना बनाइएको भुमेश्वर सामुदायिक विकास सङ्घका कार्यकारी निर्देशक मोहनसिंह ऐरले बताउनुभयो ।

बृहत् विद्यालय सुरक्षा परियोजनाअन्तर्गत सामुदायिक विद्यालयमा विद्यालयस्तरीय विपद् व्यवस्थापन समिति गठन, जोखिम नक्साङ्कन र विभिन्न क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालयमा बालबालिकालाई विपद्सँग जुध्न विभिन्न सीपसमेत सिकाइएको छ ।

यसैबीच युनिसेफ नेपालको सहयोगमा सङ्घले सञ्चालनमा ल्याएको बृहत् विद्यालय सुरक्षा परियोजनाको समीक्षा बैठक शुक्रबार सम्पन्न भएको छ । दशरथचन्द नगरपालिकामा सम्पन्न कार्यक्रममा परियोजनाले गरेका कामबारे जानकारी गराइएको थियो । परियोजना सञ्चालनमा आएपछि नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यालय सुरक्षा योजना निर्माण, विपद् सम्पर्क शिक्षक तोकिएको, विपद् न्यूनीकरणका विषयमा तालीम दिइएको, विद्यालयको जोखिम नक्साङ्कन तयारलगायत काम गरिएको कार्यक्रम संयोजक मदनराज भट्टले बताउनुभयो । कार्यक्रम प्रभावकारी बनाउन दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले आग्रह गर्नुभयो । बैठकमा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतको सहभागिता थियो ।
–––


User Avatar
द टाइम्स अफ नेपाल
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि