स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

सङ्घीयता कार्यान्वयन नमूना–मन्त्री पण्डित

lal-babu-pundit-minester
सेयर गर्नुहोस

३१ साउन :सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालमा सङ्घीयताको कार्यान्वयन संसारकै नमूना भएको बताउनुभएको छ ।

कानूनको निर्माण र सङ्गठन संरचनाको व्यवस्थापन जस्तो जटिल कामलाई समयमा नै व्यवस्थापन गर्न सकेकाले नेपालमा सङघीयताको कार्यान्वयन सफल भएको उहाँको दाबी थियो ।

बागलुङमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मौसम परिवर्तनका बेला आउने समस्या जस्तै व्यवस्था परिवर्तनका समयमा आएका केही समस्याबाहेक सङ्घीयताको कार्यान्वयनका लागि गरिएका सबै प्रयास सफल भएको दाबी गर्नुभयो ।
अहिले प्रशासनिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि निजामती ऐन ल्याउन लागिएको उहाँको भनाइ थियो । “एक साता भित्रमै निजामती विधेयक संसद्मा पेश हुने र पारित भए लगत्तै प्रदेश तहमा सोही ऐन बनाएर प्रशानिक क्षेत्रमा रहेको समस्याको समाधान खोजीनेछ”, उहाँले भन्नुभयो ।
–––

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -