स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

टेलिभिजन कार्यक्रम प्रस्तोला लामिछानेसहित तीन जना पक्राउ

Rabi lamichhane - न्युज २४ टेलिभिजन - सिधा कुरा जनतासँग - the times of nepal
सेयर गर्नुहोस

काठमाडौँ, ३० साउन : प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज पक्राउ गरेको छ ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की छन् । जिल्ला प्रहरी कार्यालय चितवन र महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

लामिछाने न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक हुन् भने कँडेल सोही कार्यक्रममा कार्यरत थिए । उनीहरुलाई साँझ टेलिभिजनको कार्यालयबाट र कार्कीलाई काठमाडौँको कलङ्कीबाट अपराह्न पक्राउ गरिएको थियो । तीनै जनालाई आजै चितवन पठाइएको पोखरेलले जानकारी दिनुभयो ।

आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले उनीहरुको नाम लिएर आफूलाई यो अवस्थामा पु¥याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो फेला परेको थियो । बिहीबार मात्रै सार्वजनिक भएको उक्त भिडियोका आधारमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको पोखरेलले जानकारी दिनुभयो । भिडियो प्रहरीले डिजिटल परीक्षणसमेत गरिसकेको छ । पुडासैनी साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र मृत भेटिएका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -