चिनियाँ उद्यमहरूमाथि गलत अभ्यास रोक्न चीनको अमेरिकालाई आग्रह

चिनियाँ उद्यमहरूमाथि गलत अभ्यास रोक्न चीनको अमेरिकालाई आग्रह


बेइजिङ, ३० साउन : चीन र अन्य मुलुकहरूको चासोलाई बेवास्था गरी एकपक्षीय र संरक्षणवादी नीति अघि ल्याउने अमेरिकी अभ्यासको चीनले कडारूपमा विरोध रहने चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले बिहीबार बताउनुभएको छ ।

प्रवक्ता हुआ चुन्यिङले सञ्चारकर्मीले गरेको प्रश्नको जवाफमा भन्नुभयो, “अमेरिकी वाणिज्य मन्त्रालयले चाइना जनरल न्यूक्लियर पावर कर्पोरेशन (सीजीएन) र यस अन्तर्गतका सहयोगी संस्थालाई यही अगस्ट १३ गते अमेरिकी बाणिज्य मन्त्रालयको ‘निगरानी सूची’ मा राखेकोप्रति चीनको ध्यानाकर्षण भएको छ ।”

Advertisement

“अमेरिकी उक्त कदमले राष्ट्रिय सुरक्षाको धारणालाई अपमानित गरेको छ, जसले चिनियाँ निर्यात नियन्त्रण गर्नुका साथै चिनियाँ कम्पनीका सार्थ अमेरिकी तथा अन्य मुलुकको व्यवसायलाई पनि प्रभावित तुल्याएको छ,” हुआले भन्नुभयो ।

उहाँले थप्नुभयो, “चीन चाहन्छ अमेरिकाले उचितरूपमा यस विषम परिस्थितिबारे निर्णय लिनेछ ।”

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?