स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

पत्रकारिता जगत नयाँ ढङ्गबाट चल्नुपर्छ

सेयर गर्नुहोस

३० साउन :प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको पत्रकारिता जगत मुलुकको परिवर्तित सन्दर्भमा नयाँ सोचका साथ चल्नुपर्ने धारणा राख्नुभएको छ ।

उदयपुरमा आज आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) प्रदेश नं १ को पहिलो प्रदेश पत्रकार भेलामा उहाँले पत्रकार जगतले देश विकासको लागि परिवर्तित सन्दर्भमा नयाँ सोच र नविन कार्यका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

मुख्य मन्त्री राईले भन्नुभयो, “सकारात्मक सोचसँगै सकारात्मक समाचार लेखनसाथ अगाडि बढ्न सकेमा तीनै तहका सरकार र राजनीतिक पार्टीको लागि पनि पत्रकार प्रेरणाको स्रोत हुनेछन् ।”

प्रदेशसभा सदस्य नारायण वुर्जा, सन्जाकुमारी दनुवार, फोनिजका केन्द्रीय अध्यक्ष दण्ड गुरुङ, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीलेसमेत सो कार्यक्रममा पत्रकारिता क्षेत्रको विकासका बारेमा आआफनो धारणा राख्नुभएको थियो । भेलाले प्रदेश नं १ को नयाँ कार्य समितिसमेत चयन गर्नेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -