स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

एकैदिनमा तोलाको १२ सयले बढ्यो सुन

तेत्तीस किलो सुन काण्ड
सेयर गर्नुहोस

लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज एकै दिन प्रतितोला एक हजार २०० रुपैयाँले वृद्धि भएको छ ।

बुधबार छापावाला सुन रु ७० हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला रु ७१ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजार २०० ले नै बढेको छ । तेजाबी सुन आज प्रतितोला रु ७१ हजार २०० मा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ७० हजारमा कारोबार भएको थियो । यो सुनको मूल्य अहिलेसम्मको उच्च हो ।

पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएर रु ८४० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ ।

चीन–अमेरिका व्यापार टकराव तथा अमेरिका–इरानबीच देखिएको विवादका कारण पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको बताइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -