स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

काङ्ग्रेसद्वारा दीक्षितको निधनमा दुःख प्रकट

Sher Bahadur Deuba, President of the Nepali Congress ,latest news
सेयर गर्नुहोस

३० साउन : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको असामयिक निधनले आफू र आफ्नो पार्टी मर्माहत र स्तब्ध बनाएको बताउनु भएको छ ।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत दर्शनशास्त्रका प्रकाण्ड विद्धान, वरिष्ठ साहित्यकार, कर्मयोगी एवं बहुप्रतिभाका धनी मदनमणि दीक्षितको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

वरिष्ठ साहित्यकार दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको हो । सभापति देउवाले स्व दीक्षितप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -