कार्यकर्ताको मनोबल बढाउन जिल्ला जानोस् : थापा

कार्यकर्ताको मनोबल बढाउन जिल्ला जानोस् : थापा


२९ साउन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यकर्ताको मनोबल उच्च राख्न देशभर सघन रूपमा प्रशिक्षण सञ्चालन गर्न केन्द्रीय प्रशिक्षकलाई निर्देशन दिएका दिनुभयो ।

केन्द्रीय प्रशिक्षक र पदाधिकारीको संयुक्त बैठकलाई आज यहाँ सम्बोधन गर्दै थापाले अहिले मुलुकको अवस्था विषम परिस्थितिबाट गुज्रिरहेकोले तरल अवस्थाबारे कार्यकर्तालाई जगाउनु र सचेत गराउनु आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।

Advertisement

थापाले प्रशिक्षकलाई जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गर्दै देशदौडाहामा जाँदा पार्टीका पदाधिकारी र प्रशिक्षकलाई दृढ भएर प्रस्तुत हुन जोड दिनुभयो । “तपाईहरु अध्यनशील हुनोस्, चिन्तन र विश्लेषण गर्ने गर्नोस्, बहस गर्ने बानी बसाल्नुस”, थापाले भन्नुभयो ।

थापाले राप्रपा परिवर्तन विरोधी शक्ति नभएको स्पष्ट पार्नुभयो । राप्रपा राष्ट्रवादी शक्ति हो, प्रजातन्त्रबादी शक्ति हो भन्दै थापाले निरन्तरतासहितको परिवर्तन मात्र टिकाउ हुने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा पार्टीका वरिष्ठ नेता दीपक बोहरा, महामन्त्रीद्वय राजेन्द्र लिङ्देन र भाष्कर भद्रा, प्रशिक्षण विभाग प्रमुख भुवन पाठकलगायतको उपस्थिति थियो । भदौ महीनामा ७७ जिल्लामा र असोज महीनामा ७५३ स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?