स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

दलित बस्तीमा घरैपिच्छे धारा

सेयर गर्नुहोस

गण्डकी प्रदेशअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–३ गाउँशहरमा रहेका दलित बस्तीमा घरैपिच्छे धारा जडान गरिएको छ । नगरपाकिाको ‘एक घर एक धारा’ अभियानअन्तर्गत उक्त बस्तीमा घरैपिच्छे धारा जडान गरिएको हो । अभियानअन्तर्गत गत मङ्सिरको पहिलो सातादेखि गाउँमा खानेपानीको संरचना निर्माण गरिएकामा यतिबेला घरैपिच्छे धारा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पैसठ्ठी हजार लिटर क्षमताको पानीको ट्याङ्की निर्माण भइसकेको छ ।

त्यस्तै घरघरमा खानेपानी पाइप बिच्छ्याइनाका साथै मिटरबक्ससमेत जडान भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पञ्चबहादुर हिमालीले बताउनुभयो । मुहानमा इनटेक, रिजर्भ ट्याङ्की निर्माण, पाइप बिच्छ्याउने कार्य, धाराका संरचना निर्माण मिटर जडानदेखि धारामा पानी ल्याउने कामसम्मका सम्पूर्ण कार्य सकिएको उहाँले बताउनुभयो । समितिका अनुसार ६५ घरधुरीमध्ये ५७ घरधुरी दलितको छ । त्यस्तै गैरदलितको आठ वटा घरमा समेत जडान गरिएको धारामा पानी झर्न थालेको छ । खानेपानी ट्याङ्कीबाट ५०० मिटरमाथि देवीस्थान (अलैँची बारी) को मुहानबाट खानेपानी ल्याएको हो । प्रत्येक घरमा जडान गरिएको धारामा केही दिनअघिदेखि पानी आएको बेँसीशहर नगरपालिकाका प्रवक्तासमेत रहनुभएका स्थानीय उपभोक्ता अजय मजाकोटीले बताउनुभयो ।

धाराबाट आउने सफा पानी खान पाउने हुँदा स्थानीयवासीको स्वास्थ्य असर नपर्नेे, समयको बचत र गाउँ सफा हुनाका साथै अन्य काम गर्न स्थानीयवासीको समय बचत हुने र पहिलाको जस्तो पानीको धारा खोज्दै हिँड्नुपर्ने बाध्यता हटेको नगरप्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । नगरपालिकाले उक्त खानेपानीका लागि आव २०७५÷६६ को बजेटबाट रू छ लाख तीन हजार उपलब्ध गराएकामा स्थानीयवासीको रू दुई लाख ५० हजार बराबरको श्रमदान र स्थानीय उपभोक्ताबाट रू छ लाख ५० हजार सङ्कलन गरिएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -