खोलाले बगायो काठेपुल खोलाले बगायो काठेपुल



१६

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने सुलिगाड खोलाको काठेपुल बगाएको छ । दुईसाता देखिको निरन्तर वर्षाका कारण मङ्गलबार राति आएको बाढीले सुलिगाड खोलाको काठेपुल बगाएको हो ।

काठेपुल बगाएपछि फोक्सुण्डो ताललगायत उपल्लो डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आवतजावतमा समस्या भएको छ । काठेपुल बगाउँदा खोलापारि रहेको निकुञ्ज कार्यालयमा आवतजावत गर्नसमेत समस्या भएको निकुञ्जले जानकारी दिएको छ ।



पानीको सतह धेरै बढेको सुलिगाड खोलाले काठहरू बगाएर ल्याएको देखिएकाले फोक्सुण्डो तालसम्म पुग्न बिचबिचमा बनाइएका अन्य काठेपुलहरु पनि बगाएको अनुमान निकुञ्जले गरेको छ । सबैलाई तर्न पायक पर्ने काठेपुल बगाएपछि केही समय हिँडेर अर्को स्थानमा रहेको झोलुङ्गे पुलबाट आवतजावत गर्नुपरेको छ ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि