एम्बुलेन्स हस्तान्तरण एम्बुलेन्स हस्तान्तरण



२१

पाल्पाको निस्दी गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुलाई आज गाउँपालिकाको कार्यालयमा आयोजित एक समारोहबीच एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको हो ।



प्रदेश सरकारबाट प्राप्त बजेटमा करकट्टी कटाएर रु १२ लाख मूल्य बराबरको एम्बुलेन्स स्वास्थ्य कार्यालयले खरीद गरी सो गाउँपालिकालाई हस्तान्तरण गरेको सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो ।

पाल्पा जिल्लाकै सबैभन्दा विकट ठाउँमा रहेको निस्दी गाउँपालिकामा एम्बुलेन्स सञ्चालनमा आएपछि गर्भवती, सुत्केरी तथा ज्येष्ठ नागरिक लगायत अन्य व्यक्तिलाई स्वास्थोपचारका लागि स्वास्थ्य संस्थासम्म आउनजान सहयोग पुग्ने विश्वास लिइएको छ ।

यस गाउँपालिकामा एम्बुलेन्स नहँुदा चर्को भाडा तिरेर आकस्मिक अवस्थाका बिरामीलाई अन्यत्र लैजान स्थानीयवासी बाध्य थिए । अब गाउँपालिकामा एम्बुलेन्स आएपछि चर्को भाडादर, गाडी नपाएर बिरामीलाई घण्टौँ घर तथा बीच बाटोमै छटपटाउनुपर्ने समस्या समाधान हुने भएको छ ।

जिल्ला समन्वय समितिका अध्यक्ष दयाराज बस्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि