प्रदेश लोकसेवा आयोगका अध्यक्षद्वारा शपथग्रहण प्रदेश लोकसेवा आयोगका अध्यक्षद्वारा शपथग्रहण



४५

प्रदेश नं. ५ को प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष डिलाराम भट्टराईले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा प्रदेश लोक सेवा आयोग ऐन बमोजिम प्रदेशप्रमुख उमाकान्त झाको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलबाट आयोगका अध्यक्ष भट्टराईले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।



शपथग्रहण समारोहमा प्रदेश नं. ५ प्रमुख झासहित मुख्यमन्त्री शङ्कर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती तथा प्रदेशका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु सहभागी हुनुभएको थियो । शपथग्रहणपछि नवनियुक्त अध्यक्ष भट्टराईले आजै प्रदेश लोकसेवा आयोगको कार्यालयमा पदबहाली गर्नुभएको थियो ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि