फाप्लु विमानस्थलमा परीक्षण उडान फाप्लु विमानस्थलमा परीक्षण उडान



२६

२८ साउन : नेपाल वायुसेवा निगमको ‘वाई१२ई’ जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा परीक्षण उडान भरेको छ । चिनमा निर्मित उक्त विमानले आज पहिलो पटक सफल परीक्षण उडान भरेको हो ।चौध सिट क्षमता भएको उक्त जहाजले ओखलढुङ्गाको रुम्जाटारमा पनि आजै उडान भरेको निगमका ‘अपरेशन डाइरेक्टर’ एवं ‘क्याप्टेन’ दीपुराज ज्वारचनले जानाकारी दिनुभयो ।

विसं २०७१ मा नेपाल सरकारले चीन सरकारको सहयोगमा चार ‘वाई१२ई’ जहाज भित्र्याएको थियो । उक्त विमानले करीब १० दिनको अवधिमा पूर्वको भोजपुर, ताप्लेजुङ, रुम्जाटार र फाप्लुमा परीक्षण उडान भरेको उहाँको भनाइ थियो । हाल उक्त जहाजले सुदूरपश्चिमका जिल्लामा उडान भर्दै आएको निगमले जनाएको छ । उक्त विमान छोटो धावन मार्ग भएका विमान स्थलका लागि उडान तथा अवतरणका लागि प्रभावकारी मानिन्छ ।




User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि