स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

‘घरजम’को टिजर र पोष्टर सार्वजानिक

चलचित्र घरजम - the times of nepal
सेयर गर्नुहोस

हङकङ, १२ अगष्ट । मौसम ईम्बुङ लिम्बुको निर्देशनमा चलचित्र ‘घरजम’ को टिजर र पोष्टर हङकङबाट सार्वजानिक भएको छ । निर्माताद्वय किशोर पंधाक र इत्छिङ्सा तुम्बापो पंधाक, निर्देशक मौसम इम्बुङ, कलाकार हेमराज अन्छङ्बोको उपस्थितिमा जानकारी सभामार्फत चलचित्रको टिजर र पोष्टर सार्वजानिक भएको हो ।

जानकारी सभामा चलचित्रबारे निर्देशक मौसम इम्बुङले हङकङबाटै सोच बढेको, लगानी पनि हङकङबाटै भएको घरजमलाई हङकङबाटै टिजर र पोष्टर सार्वजानिक गर्न पाउनु खुशीको कुरो बताएका थिए । निर्माता किशोर पंधाकले नेपाली समाजको सामाजिक, सांस्कृतिक पक्षलाई समेटर चलचित्र बनाइएको जनाएको थिए ।

पुर्वी नेपालको जनजीवन समेटेर नयाँ चलचित्र निर्माण भएको हो । उपेन्द्र सुब्बाको कथा संग्रह ‘लाटो पहाड’मा समेटिएको कथावस्तुका केही अंशलाई समेटेर निर्माण सुरु गरिएको चलचित्र ‘घरजम’ पाँचथरको याङ्वरक र उपत्याकाको ललितपुरमा छायांकन भएको हो ।

चलचित्रमा सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, शैलेन्द्र थेबे, कुशल थलङ, सुष्मा लिम्बू, किशोर पंधाक, सीता तुम्बापो पंधाक, हेमराज अन्छङ्बो, बबिता फोम्बो, इसिका जबेगु, जीवन भट्टराई, भरतमणि पौडेल, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, घटिका थेबे, रवि सेर्मा, लक्ष्मी योङहाङ, बाबा मेन्याङ्बो, सञ्जय निङ्लेकु, दिनेश माङ्मु, नुनाम केरुङ, पुर्णिमा लिम्बू, कमिता तुम्बापो, टीआर सेनेहाङ, वीरेन्द्र खाम्धाक (सिक्किमे कलाकार), स्वयं सिंजाङगु, आयुषा लिम्बूखिम, तेज मेन्याङ्बो, सीता योङ्यालगायत छन् ।

आशिष तावा र नुनाम केरुङले स्थानीय संयोजन गरेको चलचित्रमा मुख्य सहायक निर्देशक रवि सेर्मा, कोरियोग्राफर दिनेश माङ्मु, छायांकन युवराज राई, श्रृङ्गार विनोद तामाङ, कास्टिङ डाइरेक्टर सिर्जना सुब्बा, कला निर्देशक शैलेन्द्र थेबे र प्रोडक्सन म्यानेजर विमल धमला छन् ।

रोमियो फिल्म्स् प्रा.लि.को ब्यानरमा निर्मित चलचित्र घरजम चलचित्रलाई आगामी १५ सेप्टेम्बर २०१९ आईतबार बेलुकी ७ः३० बजे हङकङस्थित वाम्पो गोल्डेन हार्वेस्ट सिनेमा हलमा घरजमको हङकङ ग्राण्ड प्रिमियर शो हुने भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -