स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

नेता सिंह अस्पतालबाट घर फिर्ता

सेयर गर्नुहोस

२७ साउन : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । ‘हाइ सुगर’, उच्च ज्वरो र पिसाबमा सङ्क्रमण देखिँदा गत सोमबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना हुनुभएका नेता सिंहको स्वास्थ्यमा सुधार आएपछि आज ‘डिस्चार्ज’ हुनुभएको उहाँका सहयोगी युपी लामिछानेले जानकारी दिनुभयो ।

नेता सिंहलाई डा मिमि गिरी नेतृत्वको टोलीले उपचार गरेको थियो । नेता सिंहलाई अझै केही दिन घरमा बसेर आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । घर फर्कने क्रममा नेता सिंहले आफ्नो उपचारमा संलग्न चिकित्सकको टोली, अस्पताल व्यवस्थापन, आफ्नो स्वास्थ्यमा चासो राख्ने सम्पूर्ण शुभेच्छुकप्रति आभारसमेत प्रकट गर्नुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -