डोलेश्वरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने डोलेश्वरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने



१८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले डोलेश्वर क्षेत्रलाई देशकै नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताउनुभएको छ ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज पुग्नुभएका मन्त्री भट्टराईले यस क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले यसका लागि आफ्नो तर्फबाट सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमार्फत आवश्यक सहयोग गर्ने बताउनुभयो । सो अवसरमा मन्त्री भट्टराईले डोलेश्वर मन्दिरको अवलोकनका साथै पूजाआजा पनि गर्नुभएको थियो ।

सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफू लागि परेको बताउनुभयो । उहाँले नगरपालिकाले १० वटै वडामा रहेका शिवालयलाई समेटेर ‘शिव सर्किट’ निर्माण गर्न लागेको बताउनुभयो । घ्याम्पेडाँडा, रानीकोट, आशापुरी, नंखेल, काँक्राबारीलगायत क्षेत्रमा होमस्टे (घरबास) देखि भ्यू टावरसमेत निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।




User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि